अनेरास्ववियू कपिलवस्तु कार्यलय कमिटीको बैठक सम्पन्न

बिकास भुसाल ,कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कार्यालय कमिटी कपिलस्तुको बैठक आज माघ ३० गते बाणगङ्गा ८ चप्परगाउमा बसेको छ।
कमिटिका संयोजक बाबुराम अर्यालको अध्यक्षता, अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटि सदस्य श्याम प्रकाश प्रजापति को प्रमुख अतिथ्यता , अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य टुकलाल गैरेको विशेष आतिथ्यतामा बसेको बैठकमा जिल्लामा उपलब्ध अनेरास्ववियू केन्द्रिय सदस्यहरु, उज्वल अधिकारि, इन्दिरा पौडेल, रतन बिक, वाजिद वलि, दिनेश चौधरि, रबिन्द्र पौडेल लगायतको आतिथ्यता र कार्यलय सदस्यहरुको उपस्थिति रहेको बैठकको जिल्ला सह सम्योजक दयाराम पौडेलको सन्चालनमा सम्पन्न भएको हो।

बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लुम्बिनि प्रदेशले प्रधानमन्त्री केपि ओलिले सम्बोधन गर्ने गरि यहि फाल्गुन १ गते बुटवलमा आयोजना गरेको बृहत जनसभामा अनेरास्ववियू कपिलवस्तुले उलेख्य रुपमा बिद्यार्थी उपस्थिति गराउने निर्णय गरेको हो । जस अनुसार पार्टी सङ्ग समन्वय गरि पहिचान सहित बिद्यार्थी हरु जनसभामा सहभागी हुने निर्णय गरेको हो। त्यसैगरि अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटिको यहि माघ २८ को बैठकको निर्णय बमोजिम कपिलवस्तुमा यहि फाल्गुन ७ गते बाणगङ्गामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
अनेरास्ववियूको ूविविसविू अभियानलाइ सफल पार्ने , विद्यालय देखि विश्वविद्यालय सम्म संगठन विस्तार गर्ने अभियान अनुसार सचिवालयको बैठक बसेर जिम्मेवारी प्रदान गरि उक्त अभियान सफल पार्ने निर्णय गरेको हो । त्यसैगरि बैठकले यहि माघ १९ गते मोसा दुर्घटना परि घाइते हुनुभएका संगठन जिल्ला सम्योजक बाबुराम अर्याल लाइ शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ।

बैठकमा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय स्थाइ कमिटि सदस्य श्याम प्रकाश प्रजापतिले मन्तव्य राख्नुभएको थियो। बैठक सह सम्योजक दयाराम पौडेलको सन्चालनमा सम्पन्न भएको हो।