अबको प्रधानमन्त्री पनि केपी ओली : मन्त्री श्रेष्ठ

२०७७ फाल्गुन १२ गते, बुधबार

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् ।

आज सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताएका छन  ।

उनले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’ कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने उनले बताए । ‘राजिनामा दिने हामी कायर हो र, कुनै पनि हालतमा राजिनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने तर यो फैसलाले झन् विवाद बढाएको उनले जिकीर गरे ।

719 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal