अर्घाखाँचीको सितापुरमा वार्ड स्तरिय खुल्ला पुरुष भलिबल हुँदै

झनक केसि, सितापुर । अर्घाखाँचीको सितापुरमा वार्ड स्तरिय खुल्ला पुरुष भलिबल हुने भएको छ । यहि पौष २२ गते देखि सितापुर निपाने समाजको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हओ । अर्घाखाँची खुल्ला वार्ड स्तरिय भलिबल खेल सम्बन्धि यस्तो छ सुचना: यहि मिति २०७८/९/२२ गते देखि माघे सक्रान्तीको अबसरमा शितगङ्गा वार्ड न.२ सितापुर निपाने सेवा समाजको आयोजनामा अर्घाखाँची वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हुदा आफ्नो टिमलाई सहभागिता जनाउनको लागि हार्दिक अनुरोध गर्दछौ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न देशबिदेशमा रहनु भएका आफन्त इस्टमित्रहरुको सहयोगले खेल सन्चालन गर्न लागेको यहि गाउँमा जन्मेका ऐले सबैको मनमा बस्ने युवा खेलाडी दिपेन खडकाले जानकारी दिएका छन । “यो खेलकुद प्रतियोगितालाई साथ सपोर्ट गर्नुहुने सबैलाई निपाने सेवा समाजको तर्फबाट धन्यवाद सहित सदैब सम्झिने छौ, आगामी दिनमा हाम्रो गाउलाई चिनाउन म सदैब लाग्ने छु” खडकाले बताए ।
साथै खेलप्रेमी महानुभावहरु सबैलाई हाम्रो गाउँ निपाने सेवा समाज स्वागत गर्दछौ..
दर्ता मिति २०७८/९/२२ गते १०बजे स्थान:-शितगङ्गा २ सितापुर निपाने दर्ता शुल्क:-३००० मात्र अन्लाइन मार्फतपनि गर्न सक्नु हुनेछ २२ गते १० बजे टिम अनिबार्य फिल्डमा हुनु पर्ने छ।खेलाडी खानबस्न आफैले ब्यबस्थापन गर्नु पर्ने छ। #पुरस्कारहरु प्रथम पुरस्कार-३०,००० द्वितीय पुरस्कार-२०,००० तृतीय पुरस्कार-१०,००० #पुरस्कारको साथमा टफि मेडल प्रमाण पत्र प्रधान गरिने छ।
#नोट:खेल प्रचलित नियम अनुसार खेलाइने छ। खेलाडी एउटै वार्डको हुनुपर्ने छ यदि बिबादास्पद भएमा नाम खुल्ने कागजपत्र पेश गर्नु पर्ने छ। विवाद भएमा अन्तिम निर्णय अफिसियल र आयोजककै सर्वमान्य हुनेछ.
सम्पर्क-9869424337/9847578225