अर्घाखाँचीमा नेपाल बन्दका कारण सम्पूर्ण क्षेत्र ठप्प

२०७८ फाल्गुन ४ गते, बुधबार

अर्घाखाँची । अर्घाखाँचीमा एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका पाँच दलले आयोजना गरेको नेपाल बन्दले जनजीवन निकै कष्टकर बनेको छ ।

बुधबार बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा पूर्णरुपमा बन्द भएका छन् । नेपाल कम्युनिष्ट पार्टी लगायतका कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिडेका छन् ।

सदरमुकाम सन्धिखर्क देखि छोटो तथा लामो दुरीका यातयातका साधन नचलेपछि यात्रुहरु अलपत्र परेका छन ।

53 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal