आज प्रधानमन्त्री ओली सुदूरपश्चिम जादैं

२०७७ फाल्गुन १० गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जाने हुनुभएको छ ।कज्चनपुरको वेदकोट नगरपालिका–३, दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली मन्त्रीको टोलीसहित सुदूरपश्चिम जान लाग्नुभएको हो ।

प्रधानमन्त्री औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुग्ने भएसँगै वेदकोट–२, झरना खेल मैदानमा हुने कार्यक्रमका लागि तयारी पूरा भएको वेदकोट नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै सुदूरपश्चिमबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने उद्योग वाणिञ्ज तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी उक्त स्थानमा पुग्दै हुनुहुन्छ ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो ।उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट स्वीकृति भएर काम सुरु हुन लागेको हो ।

179 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal