आज सरकारविरुद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौंमा प्रदर्शन गर्ने
२०७७ पुष १४ गते, मंगलवार

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । नेकपाले काठमाडौंको प्रदशर्नी मार्गमा बिहान ११ बजेपछि सभा गर्ने जनाएको छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार पाँच सय एक सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।
120 Views