उपराष्ट्रपति पुनद्वारा ‘विवादास्पद’ अभिव्यक्ति

२०७७ फाल्गुन ६ गते, बिहीबार

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक मञ्चमा उपराष्ट्रपतिले दिएको अभिव्यक्तिलाई संविधान र कानुनका जानकारले ‘विवादास्पद’ भनेका छन् ।

उपराष्ट्रपति पुनले बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको दाबी गरेका हुन् । ‘देश यति बेला राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ र यसविरुद्ध प्रदर्शन भइरहेको छ’, उपराष्ट्रपति पुनले भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन् । यो राम्रो संकेत होइन ।’

उपराष्ट्रपतिले नेपालको हरेक राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न, साना लगानीका सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

महासंघको विधानमा भएको व्यवस्थाअनुसार महाधिवेशन उद्घाटन समारोह सकिएको एक महिनाभित्र नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । यो साचार अन्नपूर्णपोस्टमा छ ।

103 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal