एक वर्ष कार्यकाल पूरा गरेको अवसरमा दर्शन नेपालद्वारा खाद्यान्न तथा तरकारी वितरण

दर्शन नेपाल फाउन्डेसनले आफ्नो एक वर्ष कार्यकाल पुगेको अवसरमा तार्केस्वरस्थित Bliend childern education center तारकेस्वर गोलढुङामा खाध्यान्न तथा तरकारी बितरण गरेको छ । पृथ्वी जयन्तीको दिन हिजो पौष २७ गते दर्ता रहि सन्चालनमा रहेको सामाजिक सस्थाले विभिन्न सस्था तथा दुखी गरिब अनि असाहय सहयोगमा जुटि रहेको र आफ्नो सस्थाको सस्थाको बार्षिक उत्सबको अवसरमा दृष्टिबिहिन बालबालिकालाई पालन पोषण अनि अध्ययन गराइरहेको सस्थामा यसरी सहयोग गर्न पाउँदा खुसी भयको अध्यक्ष गणेश जिसिले यस डीएनफ खबरलाई जानकारी गराउनु भयो ।
साथै यस कार्यक्रममा सहयोग गर्नु हुने बिस्वराम दुलाललगायत फाउन्डेसन परिवारलाई धन्यवाद समेत दिनु भयो कार्यक्रममा सस्थाका सदस्यहरू दिपु खड्का, सानू श्रेष्ठ, महेन्द्र रिजाल, भरत थापा, जनक लामिछाने आदिको सहभागी रहेको थियो ।
