ओलि नेतृत्वको सरकार ले सबै सुकुम्बासीलाई सरकार भएको महसुस गराउछ :पुर्वमन्त्री बास्कोटा
२०७७ फाल्गुन ६ गते, बिहीबार

काभ्रे । नेपाल सरकार ले सुकुम्बासी भुमी हिन र सुकुम्बासी दलित हरुको लागि भुमी उपलब्ध गराउने उदेश्यले भुमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेको छ ।

नेपालका सबै जिल्ला मा गठन सङै भुमी सम्बन्धि समस्या समाधान आयोगको जिल्ला कार्यालय काभ्रेमा पनि कार्यालय स्थापना तथा उदघाटन गरिएको छ ।

पुर्व सुचना तथा संन्चार मन्त्री गोकुल बास्कोटा ले आज एक कार्यक्रमका बिच कार्यालय उदघाटन गर्नु भएको हो । काभ्रेको बिकास का लागि मरिहत्ते गर्ने बास्कोटा काभ्रेमा सम्पुर्ण भुमिहिन ले भुमी प्राप्त गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै बास्कोटा ले भन्नू भयो “केपि शर्मा ओलि नेतृत्वको सरकार सधै जनताका पक्षमा हुन्छ , ओलि सरकार गरिबको सरकार हो ।”
404 Views