ओलीको बिकल्प कोहि छैन:नेता बस्नेत

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले संकट पैदा भइरहेको नेपाली राजनीतिमा आगामी दिनमा तीन महत्वपूर्ण विकल्पहरु मात्र रहने औंल्याउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कुर्सी र सत्ता स्वार्थको लागि मात्र प्रयोग भएकाले विघटन गरी ताजा जनादेशमा गई मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडी बढाउन खोज्नुभए पनि सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदिएपछि अबका दिनमा मुलुकमा तीन वटामात्र विकल्प भएको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री केपी ओलीकै वरिपरी अबको दशौं वर्ष नेपालको राजनीति घुम्ने उल्लेख गर्दै नेपालको राजनीतिको मिसन र भिजन केपी ओलीको वरिपरि घुमिरहेको बताउनुभयो ।

नेता बस्नेतले पहिलो विकल्पको रुपमा अबको प्रधानमन्त्री केपी ओली नै रहने, दोस्रो विकल्पको रुपमा संविधान अनुसार पुनः अर्को नयाँ सरकार बन्ने अवस्था नभएपछि पुनः निर्वाचनमा गई ताजा जनादेश तथा तेस्रो विकल्पको रुपमा मावध–प्रचण्डद्वारा आत्मघाती विकल्पको रुपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदमा हाल करिव ६४ प्रतिशतभन्दा बढी मत रहेको उल्लेख गर्दै नेता बस्नेतले झण्डै दुई तिहाईको नेतृत्व नेकपाका अध्यक्ष ओलीले नै गरेकाले संसदबाट अर्को सरकार बन्न कठिन रहेको औंल्याउनुभयो । संसदीय दलको निर्विरोध नेताको रुपमा समेत प्रधानमन्त्री ओली नै रहेको स्पष्ट पार्दै उहाँले पार्टी औपचारीक विभाजन नभएकाले नयाँ सरकार बन्ने अवस्था नरहेको बताउनुभयो ।

नेकपालाई विभाजन गरी अप्राकृतिक रुपमा गर्न खोजिएको माधव–प्रचण्ड अन्य पार्टीसँग गर्न खोजीएको साँठगाँठले पुनः केपी ओली नै प्रधानमन्त्री हुने दावी गर्दै नेता बस्नेतले कम्युनिष्ट इतिहासले तथा नेपाली युवाहरुले प्रचण्ड–माधवको गद्धारिलाई लत्याउने आक्रोस व्यक्त गर्नुभयो । संसदीय दलमा केपी ओलीविरुद्ध कुनै पनि अविश्वासको प्रस्ताव नआएकाले पार्टी तथा सरकारको नेतृत्व ओली नै रहेको बताउँदै उहाँले माधव–प्रचण्डको विपक्षमा पार्टीका बहुमत सांसदहरु रहेको समेत सविस्तार उल्लेख गर्नुभयो । अदालतको निर्णय पछि कम्युनिष्टहरुको शासनलाई कांग्रेस तथा जनता समाजवादी पार्टीलाई जिम्मा लगाई नेपालको इतिहासकै सवैभन्दा ठूलो गद्धारि गर्ने कार्यको शुरु गरेको भन्दै प्रचण्ड–माधव समूहप्रति आक्रोस व्यक्त गर्नुभयो ।

249 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal