कपिलबस्तुमा बन्द प्रभाव (फोटो फिचर)

कपिलबस्तु । बन्दका कारण कपिलबस्तुका बजार सुनसान छन । एमसीसीको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव) सहित ५ दल ले गरेको नेपाल बन्दको प्रभाव कपिलबस्तुमा पनि परेको छ। हिजै नेपाल बन्दको आवहन गर्दै विज्ञप्ती प्रकाशन भए सगै कपिलबस्तबाट काठमाडौ, बुटवल छुट्ने लामो दुरिका सबारि साधन हरु पनि चलेका छैनन् ।
केहि सवारी साधन फाटफुट मात्रा मा चलेपनि सडकमा सवारीहरु कम मात्रामा गुडिरहेका छन् । यता जिल्लाका विभिन्न विद्यालय ,कलेज, पसल, कालकारखाना हरु पनि बन्द रहेका छन् । हिजो विभिन्न ठाउँबाट छुटेका सबारि साधान गन्तव्यमा पुग्न सकेका छैन् ।
कपिलबस्तुका मुख्य बजार हरु चार नंवर, चन्द्रौटा र गोरुसिङे सुनसान छन् । बन्दमा कुनै कसिमका घटना नहुन् भन्नका लागि चोकचोक मा सुरक्षाकर्मि खटाइएको छ । तरपनि बिप्लब निकट कार्यकर्ता हरु भने बन्द सफल बनाउन पूर्व पश्चिम राजमार्गका बाटो अवरोध गर्ने गरेका छन ।



