कपिलवस्तुको विजयनगरमा १६ वर्षीया किशोरी बलात्कृत

२०७७ फाल्गुन ३ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विजयनगर ४ ईमिलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मल्लले ती किशोरीलाई सोही गाउँपालिका २ स्थित गुगौली स्थित जंगलमा शुक्रबार बिहान जबरजस्ती करणी गरेका हुन् । करणी गरेको खबर आइतबार बिहान प्राप्त हुनासाथ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।  घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक विष्टले बताउनुभयो । 

288 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal