कलंकीमा डिउटीमा रहेका ट्राफिकलाई बसले ठक्कर दियो

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । बसले ठक्कर दिँदा कलंकीमा एक ट्राफिक घाइते भएका छन् । आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते ट्राफिकको ठाउकोमा चोट लागेको बसमा सवार आरआर क्याम्पसका विद्यार्थी नेता सुसिल खनालले जानकारी दिएका छन् । बसले ओरभट्याक गर्ने क्रममा ट्राफिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठक्कर दिन बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ ।

121 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal