काँग्रेसले अहिले सरकारका लागि दाबी नगर्नेः नेता खाँण

२०७७ पुष १४ गते, मंगलवार

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नरहेको बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खाँणले प्रदेश सरकारमा विभिन्न विकल्पहरुमाथि चर्चा हुन थालेकोतर्फ संकेत गर्दै काँग्रेसले अहिले सरकारका लागि दाबी नगरेको स्पष्ट पारे ।
उनले भने, ‘तत्काल सरकारमा जान हतार छैन । तर काँग्रेसबिना सरकार बन्दै बन्दैन भनेचाहिँ जानुपर्छ, मुलकलाई सरकारविहीन बन्न पनि दिनु भएन ।’
उनले कुन पक्षसँग मिलेर सरकार जाने भन्नेचाहिँ खुलाएनन् । तर मुद्दा नमिल्ने पक्षसँग सहकार्य नहुने उनको भनाइ थियो । ‘अहिले नै यही हुन्छ भनेर सबै भन्न सकिँदैन तर जुन परिस्थिति आउँछ, त्यही अनुसार चल्नुपर्छ,’ उनले भने ।

86 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal