काँग्रेसले १३ गते बृहत प्रदर्शन गर्ने

२०७७ पुष ९ गते, बिहीबार

काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते बृहत प्रदर्शन गर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको उनको भनाइ छ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको जोडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएका हुन् ।
आज बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए ।

146 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal