कोरोनाबाट ८ जनाको मृत्यु, ७४७ जना संक्रमित

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौँ । नेपालमा थप ७४७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ६ सय २७९ पिसिआर परीक्षणका क्रमा ४८२ जना र २ हजार ४१७ एन्टिजेन परीक्षणका क्रममा २६५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै २ हजार ३१९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४० हजार ९०२ निको भएका छन् । हाल नेपालमा २० हजार ७३९ सक्रिय संक्रमित रहेका छन् ।

82 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal