चारसय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४०३ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट ४ हजार ४०१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५५ हजार ८८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८८५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ ।