ट्याक्टरबाट झरेर एक बालकको मृत्यु

२०७८ कार्तिक १७ गते, बुधबार

सिरहा । सिरहामा ट्याक्टरबाट झरेर एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार सिरहा गोबजार नपा ८ मैनाबत्ती खोलाबाट बालुवम बोकेर आइरहेको स १ त ७९५ नम्बरको ट्याक्टरबाट लडेर गोलबजार ४ का नशिवलाल सदायको छोरा ११ वर्षीय निशान्त सदायको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका सदायको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

138 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal