ट्रीनिटिको एघारौं बार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ। ट्रीनिटि बचत तथा ऋण सहकारी संस्थाले ११ औ बार्षिक साधारणसभा तथा १२औं बार्षिकोत्सब सम्पन्न गरेको छ ।
बालाजुमा कार्यालय रहेको यस संस्थाले टोखा नगरपालिका भुतखेलमा भएको सभामा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साकोसका अध्यक्ष हसन कुमार गोपालिले कोभिड महामारीको विषम परिस्थितिका बेला पनि सदस्य सेवा निरन्तरतलाई ध्यान दिँदै साकोसले सहुलियतपूर्ण ऋण सुविधा, सदस्य घरदैलो सेवा र वित्तीय एवम् सामाजिक सुरक्षणका कार्यक्रमहरूमा विशेष जोड दिएको जानकारी गराउनुभयो ।
उहाँले संस्थाको रणनीतिक योजना र व्यवसाय निरन्तरता योजना सहित साकोसका गतिविधिहरूलाई गतिशील र दिगो बनाउने अभियानमा जुट्नुका साथै सदस्यहरूलाई व्यावसायिकता विकासमा क्रियाशील बनाउने संस्थाको नीति रहेको दाबी गर्नुभयो । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका ब्यबस्थापक तथा सचीव दिपु खड्काले आगामी दिनमा संस्थाको सेयर पुजी वृद्धि गरि संस्थाको कार्यक्षेत्र तथा सेवा केन्द्र बिस्तार गर्दै प्रबिधिमा आधारित सेवालाई बढावा दिने र सामाजिक उतरदायित्व अन्तर्गत रक्तदान ,सामाजिक जनचेतनामुलक कार्यक्रम हरु रहेको जानकारी गराउनु भएको छ ।
