दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
२०७८ फाल्गुन ३ गते, मंगलवार

दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई पूर्व(पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।
साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।
घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व-पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् । मृतकको शव घटनास्थानमै छ ।
85 Views