नवनियुक्त प्रदेश प्रमुख झाले गरे पद तथा गोनियताको शपथ ग्रहण

२०७७ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार दिउँसो नियुक्त भएका प्रदेश नम्बर २ का प्रदेश प्रमुख झाले बेलुका राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश नं. २ का नवनियुक्त माननीय प्रदेश प्रमुख राजेश झाज्यूले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।”

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा शुक्रबार प्रदेश २ का प्रमुख तिलक परियारलाई बर्खास्त गर्दे झालाई नियुक्त गरेकी थिइन् ।

157 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal