निरंकुश बाटो समातेका केपी ओलीको आयु सकियोः अध्यक्ष नेपाल
२०७७ पुष १४ गते, मंगलवार

काठमाडौं । निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् ।
‘निरंकुशताको बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो । नेपाली जनता दृढताका विरुद्ध उभिएका छन्’, नेता नेपालले सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए । ‘जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त छ । स्वीकार्य छैन । असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेका हौँ,’ नेता नेपालको भनाइ थियो ।
ए ।
83 Views