नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । छलफलमा ८० बढी सांसदहरु उपस्थित भएको जनाइएको छ ।

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाका बारेमा छलफल भइरहेको जनाइएको छ । संसदीय दलको बैठकमा नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।

ययसअघि आजै बसेको दाहाल नेपाल समूहको नेकपाको स्थायी कमिटी  बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

247 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal