पार्टीले टिकट दिए चितवन २ बाटै चुनाव लड्छु: बादल

२०७८ फाल्गुन १४ गते, शनिबार

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीले टिकट दिएको खण्डमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट संघमा उठने बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेशमा निर्वाचन सम्वन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी हुन वीरेन्द्रनगर विमानस्थलमा आइपुगेका बादलले आफू संविधान सभाको सिनर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेको स्मरण गराउँदै आफू सोही क्षेत्रबाट निर्वाचन लडने बताएका हुन ।

‘त्यो विषयमा मैले कुनै सोच बनाएको छैन र पार्टीले पनि अहिले त्यो बारेमा कुनै ठोस धारणा बनाएको छैन । मैले विगतमा चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभाको निर्वाचनमा विजयी भएको हो । आगामी दिनमा निर्वाचनको मिति तय भयो भने र पार्टीले टिकट दियो भने म त्यहीबाट उठछु ।’

उनले एमसीसीबारे आफ्नो दलले कुनैपनि धारणा नबनाएको बताए । ‘पहिला संसदमा हामीले १४ जना सांसदहरुको विषयमा सूचना टाँस गर्ने हाम्रो माग थियो ।अब त्यो पुरा नहुँदा सम्म हाम्रो पार्टी यो प्रक्रियामा सहभागी नहुने भएको हो । यो माग पुरा भयो भने त्यसपछि पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउँछ ।’ उनले भने, ‘काँग्रेससँग सहकार्य गर्ने सहमति भएको छैन । सभामुखले सूचना टाँस गर्नु भएको छैन । अब सूचना नटासेपछि निश्चित रुपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गरिदिनुपर्छ । अरु विषयमा हाम्रो कुनै निर्णय भएको छैन ।’

उनले नेकपा एमालेलाई नेकपाकै रुपमा बुझ्नुपर्ने बताए । ‘नेकपा एमाले नेकपाकै निरन्तरता हो भन्ने हाम्रो निष्कर्ष छ । त्यो हिसाबले एमालेमा अन्कम्फर्टेबल भन्ने प्रश्नै उठदैन ।

61 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal