पुस १४ गते दाहाल–नेपाल समूहले काठमाडौंमा ५० हजार मान्छे उतार्ने दाबी

२०७७ पुष १२ गते, आईतवार

काठमाडौं । संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहले पुस १४ गते आमसभा गर्ने भएका छन् ।
संसद पुनःस्थापनाका लागि दबाब दिन ५० हजार नेता कार्यकर्ता उतारिने दाबी दाहाल–नेपाल समूहले गरेको छ । आमसभालाई दाहाल, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले सम्बोधन गर्नेछन ।
युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले आमसभामा शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने बताए ।
उपत्यकासहित छिमेकी जिल्लाबाट जनतालाई बोलाएर आमसभा गर्ने तयारी गरिएको छ ।
उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ ।

111 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal