पूर्वराजा ज्ञानेन्द्र आइतबार झापा जाँदै
२०७७ पुष १० गते, शुक्रबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जाने कार्यक्रम रहेको छ । शाह बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक पुग्ने कार्यक्रम रहेको उनका निजी सचिव सागर तिम्सिनाले जानकारी दिए।
सपरिवारसहित झापा लागेका शाह त्यहाँ ४ हप्तासम्म बस्ने बताइएको छ। झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको छ।
369 Views