प्रचण्डको अनौठो तर्क : चुनावमा जानु अलोकतान्त्रिक हुन्छ

२०७७ फाल्गुन ४ गते, मंगलवार

काठमाडौं । ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ’, प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्क हो यो । लोकतन्त्र र गणतन्त्र रक्षाको लागि लडिरहेको बताउँदै आउनुभएका प्रचण्डले चितवनमा पत्रकारसँग कुरा गर्दै भन्नुभयो ‘असंवैधानिक चुनावको अर्थ छैन ।’ उहाँले प्रतिनिधि सभा पुर्नस्थापित हुनै पर्ने जिद्धि पनि गर्नुभयो ।

उहाँले पत्रकारसँग संयुक्त आन्दोलनको लागि नेपाली कांग्रेस लगायतका दललाई गुहारी रहेको पनि बताउनुभयो । कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनको बारेमा कुरा भइरहेको प्रचण्डको भनाइ छ ।

सबै पक्षलाई गुहारी रहेको बताउँदै प्रचण्डले भन्नुभयो ‘केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ ।’ चुनावमा जाने कुरा अलोकतान्त्रिक हुने बताउनुहुने प्रचण्डको तर्क आफैमा लोकतन्त्र विरोधी देखिन्छ । किनकि लोकतन्त्रको मर्म भनेकै चुनाव हो ।

103 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal