प्रतिनिधिसभा बैठक ६ गतेसम्मका लागि स्थगित
२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगीत भएको छ। नेकपा (एमाले) का सांसदको अवरोधकाबीच केही बेर चलेको बैठक शुक्रबार ६ गते बस्ने गरि स्थगीत भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका थिए। उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, आफ्ना माग पूरा गर्नुपर्ने भन्दै संसद बैठक अवरोध गर्दै आएका छन्।
यस्तै, आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेस गरियो।
प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गरेका हुन्। बैठकमा शोक प्रस्ताव पारित पनि पारित गरिएको थियो।
53 Views