प्रतिनिधि सभा विघटनविरुद्ध जसपाको काठमाडौंमा प्रदर्शन
२०७७ पुष १२ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत उत्रिएका छन्। ¥याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू शान्तिबाटिकामा कोणसभामा पुगेका छन् । प्रतिनिधि सभा भंग असंवैधानिक भएको भन्दै जसपाले पुस ८ गतेदेखि नै प्रदर्शन गरिराखेको छ ।
72 Views