प्रधानमन्त्रीको प्रश्न : प्रतिगमन भनेको के हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेताहरुले अस्वस्थ गतिविधि गरेको बताएका छन् । सरकार गठन भएको तीन वर्षको अवसरमा सिंहदरबारमा सम्बोधन गर्दै नेकपाका नेताहरुले अस्वस्थ गतिविधिहरु गरेको उल्लेख गर्दै प्रश्न गरे, “अहिले प्रतिगमन भन्ने खुब सुनिएको छ । के हो प्रतिगमन भनेको ? ”
प्रतिगमनको आरोप लगाउँदा आफूलाई उदेक लागेको बताउँदै उनले थपे, “वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?”
जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? भन्दै उनले भने, “निर्वाचनलाई प्रतिगमन भन्नुभएको होरु कि केलाई प्रतिगमन भन्नुभएको? रु प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?”
उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि गरे । “कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नहुुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ रु,” उनले भने, “कस्तो शास्त्र हो उहाँहरुको चुनाव हुँदैन भन्ने रु हामी उल्टो बाटोतर्फ फर्किएका छैनौँ ।”
सरकार बनाउन र ढाल्न के के गरिए भन्नेतर्फ अहिले नजाने बताउँदै अस्वस्थ बाटो अवलम्बन नगरेको बताए । उनले नेकपाकै नेताहरुले सरकार सञ्चालनमा असहयोग गर्नुका साथै समानान्तर सरकार सञ्चालनको प्रयास गरेका कारण प्रतिनिधि सभा विघटन गर्नु परेको बताएका छन् । उनले आफू प्रधानमन्त्री भए पनि सरकारका बिभिन्न निकायमा महत्वपूर्ण पदाधिकारी रिक्त हुँदा समेत नियुक्ती गर्न नदिने, सकेसम्म अल्मल्याउने र महत्वपूर्ण कार्यकारी पदहरुमा अनुपयुक्त पात्र अघि सार्ने गरेको बताए ।