प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैनः माधव नेपाल

२०७७ पुष २१ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेकोले पार्टी भित्रबाट सच्चिनका लागि आलोचना भएको बताएका छन्।
उनले भने, ‘ प्रधानमन्त्रीले पार्टीभित्रबाट काम गर्न दिइएन भन्ने तर्क दिदै आउनु भएको छ। जनताको समस्यालाई बेवास्ता गर्दा, भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिँदा पार्टीभित्रबाट विरोध भएकै हो।’

159 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal