प्रधानमन्त्री ओेलीले संविधानमाथि प्रहार गर्नुभयोः प्रकाशमान सिंह

२०७७ पुष १३ गते, सोमबार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा घोषित विरोधसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर १ को विरोधसभामा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओेलीले असंवैधानिक कदम चालेको बताएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्रको किचलो झोकमा जनप्रतिनिधिको थलोमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिको छ । यो संविधानमाथि अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन । काँग्रेसले गत बैशाखमै ओलीले सरकार सञ्चालनको वैधता गुमाएको ठहर गर्दा पनि नेकपाले समयमा नसोच्दा आजको अवस्थ खडा भएको बताए ।

94 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal