फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा चढ्ने र ओराल्ने ठाउँ तोकियो

२०७८ माघ १० गते, सोमबार

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नका लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।

महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो । फरक क्षमता भएकाहरुको जीवन सहज बनाउनका लागि अझै यस्ता सवारी र अपांगमैत्री व्यवस्था थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताए ।

महाशाखाले उक्त पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउ’ लेखिएको बोर्ड पनि राखेको छ ।

ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सहचालक तथा यात्रुवर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

71 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal