फ्रेन्च कार निर्माता रेनोको फ्लागशिप मोडल राफेल युरोपमा सार्वजनिक

काठमाडौं। फ्रेन्च कार निर्माता रेनोले आफ्नो फ्लागशिप मोडल राफेल युरोप बजारमा सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार उक्त फ्लागशिप मोडल राफेलको पेरिस एयर शोमा सार्वजनिक गरेको हो।
यो गाडी मल्टिपल पेट्रोल हाइब्रिड पावरट्रेन विकल्पमा उपलब्ध छ। यो कुप एसयुभी हो भने फोरह्वील ड्राइभको साथै क्लचलेस हाइब्रिड पावर ट्रेनमा उपलब्ध छ। यसको हाइब्रिडले ४८- ६४ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ।
यसमा नयाँ आकर्षक ग्रिल पनि उपलब्ध छ। यसमा भएको हाइब्रिड पावरट्रेन इन्जिनले १९४ हर्सपावर प्रदान गर्छ। यसमा ३ सिलिन्डर भएको १.२ लिटर पेट्रोल इन्जिन र दुई वटा इलेक्ट्रिक मोटर छ।
यसको एलेक्ट्रिक ड्राइभ मोटरले ६६ हर्सपावर प्रदान गर्छ। यसमा गाडीको इन्जिन र गियर बक्सको बिचमा टु- स्पिड डग बक्स पनि उपलब्ध छ।
नयाँ फ्ल्यागशिप पहिलो पटक युरोपमा १९४ हर्सपावर फ्रन्ट-व्हील-ड्राइभ हाइब्रिडको रूपमा देखा परेको छ। तर २९० हर्सपावर फोर-व्हील-ड्राइभ संस्करण पनि यसमा उपलब्ध हुन सक्ने छ।
बेस मोडल राफेलमा चालकको सिटमुनि २ किलोवाट आवर ब्याट्री प्याक छ जसले छोटो दूरी सहजै पार गर्छ। २९० हर्सपावर फोर-ह्वील-ड्राइभ राफेलमा फ्रन्ट-माउन्ट गरिएको पावरट्रेन हुनेछ तर यसमा एक इलेक्ट्रिफाइड रियर एक्सल पनि उपलब्ध छ।
दोस्रो इलेक्ट्रिक मोटर एक एकीकृत स्टार्टर-जेनेरेटर हो जसले पेट्रोल इन्जिन सुरु गर्छ। यसले कार ब्रेक गर्दा ऊर्जा संकलन गर्दछ र आवश्यक पर्दा एक्सलरेसनमा मद्दत गर्न सक्छ। यो पावरट्रेन इलेक्ट्रोनिक रूपमा संचालित छ। त्यसैले क्लचको आवश्यकता पर्दैन र कार सधै इलेक्ट्रिक पावर अन्तर्गत मात्र सुरु हुन्छ।