बालुवाटारलाई ओलीले दरबार बनाउन खोजेका रहेछन: प्रचण्ड

काठमाडौं । केपी शर्मा ओलीले सरकारमा छँदा बालुवाटारमा प्रधानमन्त्री निवासको भवन बनाएकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाउनुभएको छ ।
भरतपुर महानगरले आज चितवनमा गरेको शुभकामना आदानप्रदानमा कार्यक्रममा बोल्दै प्रचण्डले केपी ओलीले बालुवाटारमा छोड्दिन भन्ने हिसाबले प्रधानमन्त्री निवासको नयाँ भवन बनाउनुभएको आरोप लगाउनुभयो । ओलीले आफूलाई राजा ठानेर प्रधानमन्त्री निवासलाई दरबारजसरी डिजाइन गरेर बनाउनुभएको प्रचण्डले बताउनुभयो ।
ुअहिले बालुवाटारमा प्रधानमन्त्री बस्ने निवास झण्डै झण्डै दरबार जस्तो बन्दैछ, नजिकै प्रधानमन्त्रीको निजी अफिस पनि त्यत्रै बन्दैछ,त्यो त नेपाल सरकारले प्रधानमन्त्री बस्ने राम्रै ठाउँ बनाउन खोज्यो भन्न सकिन्छ,तर आज मलाई र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि झन् बढी थाहा छ,केपीले त त्यो दरबार अब मैले जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् र थाइल्याण्ड इटाली र रोमबाट यति महँगा महँगा सामान ल्याएर थुपारेका रहेछन् त्यो देख्दा शेरबहादुरले पनि जिब्रो टोक्नुभएको छु(प्रचण्डले भन्नुभयो ।
ती दुबै भवन अहिले निर्माणाधीन छन् । ओलीले बालुवाटारमै जिन्दगी बिताउने सपना देखेर महँगा र बिलासी सामान जम्मा पार्नुभएको आरोप पनि प्रचण्डले लगाउनुभयो । ुराजा भएँ भन्ने ठानेका रहेछन् केपीले, त्यहीभएर दरबार बनाउन खोजेका रहेछन्ु( प्रचण्डले बताउनुभयो ।
विदेशबाट महँगा महँगा सामान ल्याउने प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने समेत प्रचण्डले बताउनुभयो । तर ती सामान र दरबार प्रयोग गर्न नसकिने गरी ओलीलाई हटाइएको पनि प्रचण्डले बताउनुभयो । बिदेशबाट अर्बौंको सामान ल्याउनेलाई नेपाली जनताले कारबाही गर्नुपर्छ भनेर गठबन्धनमा छलफल भएको पनि प्रचण्डले बताउनुभयो । ओलीको उद्देश्य प्रचण्ड र माओवादीसँग बदला लिने रहेको दाबी पनि प्रचण्डले गर्नुभयो ।
आफू पहिलोपटक प्रधानमन्त्री भएर बालुवाटार छिर्दा प्रचण्ड डेढ लाखको खाटमा सुतेको भनेर प्रचार गरिएको तर पछि बालुवाटारमा अनेक सामान थुपारिएको प्रचण्डले बताउनुभयो । ुम त भर्खर लइाईंबाट आएको मलाई खाट चाहिएको थिएन,राम्रो केही चाहिएको थिएन, म बालुवाटार छिर्दा बित्तिकै प्रचण्ड डेढ लाखको खाटमा सुत्यो भनेर भनियो,त्यो खाट कसले किनेको थाहा छैन मलाई,बाहिर ल्याएर भाँच्न पनि भएन,निक्कै स्याल हुइँया बनाइयोु(प्रचण्डको भनाइ छ ।
आफ्नो कारणले नै शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि चितवनमा कांग्रेसले आफ्नो विरोध गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गर्दा चितवन कांग्रेस खुसी भए भन्ने ठानेकोमा उल्टै लखेट्छौं भन्नु अनुचित रहेको दाबी गर्नुभयो । ुशेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्ु(प्रचण्डले भन्नुभयो ।
कम्युनिष्टलाई एकताबद्ध बनाउन बाम गठबन्धन बनाइएको र त्यसले जनतामा ठूलो उर्जा प्राप्त गरेको प्रचण्डले स्मरण गर्नुभयो। तर बाम गठबन्धन टिक्न नसकेको प्रचण्डले बताउनुभयो । एकताका लागि आफूले प्रस्ताव राखेको बताउँदै प्रचण्डले भन्नुभयो ( ुतर ३ वर्षमै नपुग्दै पार्टीभित्र नेपाली जनताले करिब ७० वर्ष लडेर ल्याएको परिवर्तन उल्ट्याउने प्रवृत्ति प्रकट भयो ओलि प्रवृत्ति, तपाईं हामी सबै सडकमा जाने अवस्था सृजना भयो ।ु कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर देशको नेतृत्व गर्ने सपना ओली प्रवृत्तिकै कारण पूरा हुन नसकेको प्रचण्डले दाबी गर्नुभयो ।