बीउवीजनको अभाव नहोस् भनेर हामी लागि रहेका छौं: मन्त्री अर्याल

२०७७ फाल्गुन ६ गते, बिहीबार

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले बीउवीजनको अभाव नहोस् भनेर लागि रहेको बताएकी छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसग कुरा गर्दै मन्त्री अर्यालले मल ल्याउन सक्ने वा नसक्ने कुरा मन्त्रीको सफलता वा असफलतासँग जोड्ने गरिएको भन्दै यसपटक किसानले समयमा नै मल पाउने दाबी गरिन् । ‘अलिकति मल स्टक पनि छ । केही मल आउँदैछ, गत वर्षको जस्तो समस्या यसपटक हुँदैन,’ मन्त्री आर्यालले भनिन्, ‘बीउवीजनको पनि अभाव नहोस् भनेर हामी लागि रहेका छौं ।’

मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको बताइन् । राज्य कोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी सम्झौता गरिएको हो भन्ने प्रश्नमा मन्त्री अर्यालले आफूहरुको यसमा संलग्नता नभएको बताइन् ।

मन्त्री आर्यालले मलको दीर्घकालीन समस्याको समाधान गर्न देश भित्र नै मल कारखाना खोल्ने विषय मन्त्रीपरिषदमा लैजाने तयारी गरिएको जानकारी दिइन् ।

132 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal