बुटवलमा कपिलवस्तुबाट ३० हजार सचेत कार्यकर्ता उतार्छौ : नेता आचार्य

२०७७ माघ ३० गते, शुक्रबार

बिकास भुसाल , कपिलवस्तु स् नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री के।पि। शर्मा ओलीले सम्बोधन गर्ने जनसभामा कपिलवस्तु जिल्लाबाट ३० हजारको जनसहभागिता हुने नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । फाल्गुण १ गते लुम्बिनी प्रदेशद्धारा सिदेश्वरी माविको खेल मैदान दिपनगरमा आयोजित सभामा ३ सय बस, २ सय ५० साना गाडी र १ हजार मोटरसाईकल प्रयोग हुने अध्यक्ष पोख्रेलले दावी गर्नु भएको छ ।
पोख्रेलले राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा, अराजकताको अन्त्य , राजनीतिक स्थितरता र विकासका लागि ताजा जनादेशको पक्षमा बुटवलमा हुने विशाल जनसभामा सहभागिताका निम्ति कपिलवस्तुबासीलाई आग्रह गर्नु भएको छ । यस्तै अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक तथा अनेरास्ववियू केन्द्रिय सदस्य बाबुराम अर्यालले कपिलवस्तुका सबै विद्यार्थी को सहभागीता गराउने गरि योजना बनाइएको र योजना अनुसार सबै तयारी पूरा भएको बुद्दबाटिका अनलाइन सङ बताउनु भएको हो । यता अनेरास्ववियू पुर्व जिल्ला संयोजक , हाल अनेरास्ववियू केन्द्रिय सदस्य तथा नेकपा युवा नेता बिकास आचार्यले प्रचण्ड माधव समुहले देश ब्यापी गर्ने बिरोध सभा भन्दा ओलि लुम्बिनी प्रदेश स्तरीय जनसभामा लाखौ मानिस धेरै आउने बताउनु भएको छ ।युव नेता बिकास आचार्य ले भोलि बुटवलमा हुने कार्यक्रममा ३० हजार कार्यकर्ता निस्कने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै नेकपाका केन्द्रिय सदस्य डम्मर शर्माले सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई सार्थक पार्न जनसभा फलदायी हुने विश्वास ब्यक्त गर्दै जिल्लाको ४ नं। देखी १०ः३० बजेको प्रस्थान तालिका तय भएको जानकारी दिनु भयो ।

503 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal