बैतडीमा कांग्रेस र ओलि समुह बिच झडप, तीनजना घाइते

२०७७ फाल्गुन ४ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।

उक्त समूहले गरेको ढुंगामुढा गर्दा नेता साउदको पेटमा ढुंगा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि कांग्रेसको आमसभा बिथोलिएको थियो ।

उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए ।

नेता भट्टका अनुसार कांग्रेसले आमसभा आयोजना गरेको स्थानमा अहिले सुरक्षाकर्मीको टोली पुगेको छ ।

जोशीसहित एक सयजना सोमबार कांग्रेस प्रवेश गरेका थिए । मंगलबारको कार्यक्रममा जोशीले सम्बोधन गर्ने क्रममा ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित संघर्ष समितिका संयोजकसमेत हुन् । अहिले बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा कार्यक्रम सञ्‍चालन गर्ने तयारी भइरहेको छ ।

कार्यक्रमस्थल पंसेरा गाउँ जिल्ला अध्यक्ष पालको गाउँ हो । ‍यसअघिको आम निर्वाचनमा कांग्रेसले आयोजना गरेको कार्यक्रमहरुमा पनि नेकपाले पटक(पटक आक्रमण गरेको थियो ।

100 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal