बैशाख ३० गते स्थानीय चुनाव गर्ने सरकारको निर्णय

२०७८ माघ २४ गते, सोमबार

काठमाडौं । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो। सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।

56 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal