मांसाहारी आन्दोलन उठाउन जुत्ता प्रदर्शन

काठमाडौं । प्रचण्ड समूहले आज राजधानीमा जुत्ता प्रदर्शन गरेको छ । आन्दोलन गर्न प्रचण्ड समूहले भरमग्दुर प्रयास गरिरहेको छ । सो समूहका पुष्पकमल दाहाल प्रचण्डले मांसाहारी आन्दोलन गर्ने घोषणा गरिसक्नुभएको छ । तर, आन्दोलन उठ्ने अलिकति पनि लक्षण देखिएन । यो अवस्थामा आन्दोलनको ‘मार्केटिङ’ गर्न प्रचण्ड समूहको विद्यार्थी संगठनले नयाँ तरिका निकालेको हो ।
सो समूहको विद्यार्थी संगठनले जुत्ता प्रदर्शन गर्ने नयाँ तरिका निकालेको छ । जुत्ता प्रदर्शन गर्न उनीहरुले छानेको ठाउँ हो– नारायणहिटी संग्रहालय अगाडि ।
यो त्यही ठाउँ हो जहाँ केपी शर्मा ओली नेतृत्वको संस्थापन नेकपाले गत माघ २३ गते विशाल आमसभा गरेको थियो । यो ठाउँमा आमसभा गरिएकाले पनि त्यही रिस फेर्न जुत्ता प्रदर्शन गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । संयोज रञ्जित तामाङले जुत्ता प्रदर्शनमा बोल्दै नारायणहिटी अगाडि संस्थापन नेकपाले सभा गरेकोले त्यही ठाउँमा जुत्ता प्रदर्शन गरिएको बताउनुभयो ।
मांसाहारी आन्दोलन उठाउन पनि जुत्ता आन्दोलन गरिएको हो । विद्यार्थी नेताहरुले जुत्ता प्रदर्शन गर्ने मात्र नभएर साँच्चै नै हान्ने धम्की समेत दिएका छन् । रञ्जितले भन्नुभयो– ‘आवश्यक परे विरोधीलाई जुत्ता पनि हान्छौं ।’