माओवादीले भारतसँग मिलेर सीमा चौकी हटायो– विजुक्छे
२०७७ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभा विघटन स्वाभाविक भएको ठहर गरेको छ ।
सो पार्टीको केन्द्रीय परिषद् बैठकले आउँदो बैशाख १७ र २७ मा हुने चुनावमा भाग लिने निर्णय पनि गरेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगर्नेलाई राष्ट्रिय पार्टीको मान्यता नदिने कानुनी प्रावधान संशोधन गर्नुपर्ने माग सो पार्टीले उठाएको छ । राष्ट्रिय परिषद् बैठकमा अध्यक्ष नारायणमान विजुक्छेले यस्तो प्रावधानको विरोधमा देशव्यापी प्रदर्शन गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
बैठकमा विजुक्छेले द्धन्दकालमा माओवादीले भारतसँग मिलेर सिमानाका चौकीहरु विस्थापन गरेको बताउनुभएको छ । चौकी विस्थापित गरिनाले भारतले सीमा मिचेको पनि विजुक्छेको ठहर छ ।
175 Views