माछापुच्छ्रे बैकको आफ्नै मोबाइल वालेट

२०७७ माघ ३० गते, शुक्रबार

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नै मोबाइल वालेट ‘रेमिट्याप’ सञ्‍चालन ल्याएको छ ।

बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै आइरहेको बैंकले विशेषगरी डिजिटल बैंकिङमा नयाँ खोज र अनुसन्धान गर्दै नयाँ सेवा र सुविधा आफ्ना ग्राहकमाझ सञ्‍चालन गर्दै आएको जनाएको छ । यसै क्रममा डिजिटल बैंकिङ सुविधालाई हरेक तहसम्म पुर्याउने उद्देश्यले बैंकले आफ्नै मोबाइल वालेट सञ्‍चालनमा ल्याएको जनाएको छ ।

रुबस्ट् टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोबाइल वालेट अत्यन्त सुरक्षित र चलाउन सहज रहेको बैंकले जनाएको छ ।

रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका विशेषताहरु भर्चुअल कार्ड सिर्जना गरी उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअलकार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियोमार्फत अपलोड गर्न सकिने लगायतका नयाँ विशेषताहरु रहेको बैंकले जनाएको छ ।

140 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal