माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता मात्र हुन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता मात्रै भएको बताएका छन् ।
सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता मात्रै हो ।’
प्रधानमन्त्री ओलीले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे । उनले संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले भने, ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुस् ।’ उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्,’ ओलीको सुझाव थियो ।
उनले ताजा जनादेश लिन जनता कहाँ जाँदा कसरी लोकतन्त्र धरापमा पर्छ भनेर प्रश्न समेत गरे । उनले आफू नभएको भए नाकाबन्दीको सामना कसैले गर्न नसक्ने दाबी गरे ।