राष्ट्रपति भण्डारीद्धारा वसन्त श्रवण
२०७७ फाल्गुन ४ गते, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक गई वसन्त श्रवण गर्नुभएको छ ।
श्रीपञ्चमीका अवसरमा राष्ट्रपति भण्डारीले बिहान १०स्१७ बजेको शुभ साइतमा वसन्त श्रवण गर्नुभएको हो । नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइत अनुसार उहाँले वसन्त श्रवण गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट टिका, फूलमाला र प्रसाद ग्रहण गर्नुभयो । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्र प्रमुखले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ ।
वसन्त श्रवणमा राष्ट्रपतिसहित प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी हुनुभएको थियो ।
201 Views