राष्ट्रिय दलित आयोगका सदस्यलाई स्वागत तथा सम्मान

केशव बेलवासे, कपिलवस्तु । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज वराईलिलाई चन्द्रौटामा स्वागत तथा सम्मान गरीएको छ । व्यापार संघ कपिलवस्तुको आयोजनामा वराईलिलाई आज स्वागत तथा सम्मान गरीएको हो । दलित समुदायको हक, हितकोसंरक्षण र सम्वद्र्धन तथा सो समुदायको सशक्तीकरण गर्न आफु लागी पर्ने राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज वराईलिले बताउनु भयो ।
संविधानको मौलिक हकअन्तर्गत दलितको हकमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने प्रावधान बमोजिम अगाडि बढ्ने बताउनु भएको थियो । नेपाली समाजमा समस्याहरु ध्ेरै भएको बताउदै सबै समस्या एकै चोटि समाधान गर्न नसकिने हुदा क्रमिक रुपमा ति समस्या समाध हुने बताउनु भयो । दलित सधै दलित भईरहने रहर नभएर अरु सरह नै बाच्न पाउनु पर्ने यसको लागी राज्यलाई घचघचाउने सबैको सहयोगमा यो ठुलो समस्यालाई हटाउन सकिने बताउनु भयो ।
व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले २१ औँ सतब्दिमा विश्व विकासको गतिमा अगाडि बढिरहदा हामि जातिय विभेदमा रोमलिनु परेको हुदा यसको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा शिवराज नगरपालिका कार्य पालिका सदस्य सि वि गहतराजले पहाडि समुदायमा मधेसि समुदायमा दलितहरु बढि दमनमा परेको बताउनु भयो । उँहाले सबैको समन्यमा यो आयोगले सार्वजनिक सेवालगायत रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि काम गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलले दलित र गैर दलित बिच मात्रै नभएर दलित दलित बिच पनि ठुलो समस्या रहेको बताउनु भयो । पहिलेको समयमा काम र पेशाकोे आधारमा जात र्निधारण गरेको र त्यहिबाटै विभेदको सुरुभएको हुदा हामि सबै मिलेर यो समस्याको जरैबाट उन्मुलन गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज वराईलिको प्रमुख आतिथ्यता तथा व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सघं सस्था तथा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, व्यापार सघं कपिलवस्तुका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।