रुपन्देहीका गाउँपालिका अध्यक्ष माओवादी प्रवेश

२०७८ माघ २७ गते, बिहीबार

काठमाडौं । रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

बिहीबार खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा टीका लगाएर शुक्ला पार्टी प्रवेश गर्नुभएको हो । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्ला नेकपा एमाले, सिके राउत नेतृत्वको जनमत पार्टी हुँद बिहीवार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

शुक्ला लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले मधेश अब माओवादीमय बन्ने दाबी गर्नुभयो । माओवादीलाई मधेशमा स्थापित हुन नदिन शान्ति प्रक्रियालगत्तै भयानक हत्याकाण्डहरू मच्चाइएको बताउँदै उहाँले मधेशवादी दलहरू विदेशी शक्तिले बनाइदिएको गम्भीर आरोप लगाउनुभयो ।

‘माओवालीलाई मधेशमा स्थापित हुँदै गर्दा त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पनि मधेश माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो, त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए ।’

अध्यक्ष दाहालले अब मधेश प्रदेश र लुम्बिनी प्रदेश माओवादीमय हुने बताउनुभयो ।

125 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal