वर्षा र हिमपातको सम्भावना

२०७७ पुष २१ गते, मंगलवार

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली छ ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बागमती र प्रदेश १ को भू–भागहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

87 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal