शिवराज २ द्धारा सामुदायिक विद्यालयलाई कम्प्यूटर वितरण

२०७७ फाल्गुन ७ गते, शुक्रबार

केशव बेल्बासे , कपिलबस्तुु । शिवराज वडा नं २ का तिन सामुदायिक विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । शिवराज नगरपालिकाको वडा नं २ मा रहेका तिन सामुदायिक विद्यालयलाइ ७ थान कम्प्यूटर आज वितरण गरेको हो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा। न २ का वडा अध्यक्ष राम बहादुर चौधरीले अहिलेको २१ सौँ शताब्दीमा विद्युतिय प्रणालीद्वारा विद्यार्थीहरुलाइ पठनपाठनको लागी सजिलो होस् भन्ने उदेश्यले कम्प्यूटर वितरण गरेको बताउनु भयो । बालबालिकाको लागि सिकाई सगैँ उनिहरुको क्षमता बिकासमा समेत सहयोग पुग्ने भएकाले विद्युतिय प्रणालीद्वारा पठनपाठन गराउदा राम्रो हुने बताउनु भयो ।

साथै जनता आधारभूत विद्यालय मदरहवाका प्रधानाध्यापक पुर्षोत्तम भट्टराईले शिवराज २ वडाले बालबालिकाको पठनपाठन लाई सहज बनाउनको लागि विद्युतिय प्रणालीद्वारा सिकाईलाई अगाडि बढाउन कम्प्यूटर वितरण गरेकोमा धन्यवाद दिदै शिक्षा क्षेत्रलाई अझ आगमि दिनमा वडाबाट हुने सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

कार्यक्रममा बाल शिक्षा मा।वि हल्लानगर र जनता आधारभूत विद्यालय मदरहवालाई ३, ३ थान र बुद्ध आधारभूत विद्यालयलाई १ थान गरी रु ३ लाख ५० हजार बराबर रकमको कम्प्यूटर वितरण गरेको अध्यक्ष चौधरी बताउनु भयो ।

104 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal