संविधानको ‘कू’ विरुद्ध प्रदर्शन (फोटो फिचर)
२०७७ फाल्गुन १० गते, सोमबार

काठमाडौं । संविधानको ‘कू’ प्रतिगामी कदमविरुद्ध सोमबार विरोध प्रदर्शन गरिएको छ । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले सोमबार दिउँसो संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
संवैधानिक आयोगहरुमा गरिएका असंवैधानिक नियुक्तीहरु खारेज गरिनुपर्ने, संसद् पुनर्स्थापना हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि त्यसको विरोधमा लगातार प्रदर्शनहरु भइरहेका छन् ।











336 Views