संसद् पुनर्स्थापना भए देश अस्थिरतातर्फ जाने प्रधानमन्त्री ओलीको चेतावनी

दिपक धानुक , धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देश अस्थिरतातिर जाने चेतावनी दिएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक विकास क्षेत्रको शीलान्यास गर्दै आज प्रधानमन्त्री ओलिले दुई-तीन दिनमा सर्बोच्चले गर्ने फैसलाले संसद् पुनर्स्थापना गरे पनि बहुमत जुटाउन सांसद किनबेच हुनेसमेत बताएका छन् ।
संसद् पुनर्स्थापना जनताको पक्षमा न भएको तर्क दिदै ओलिले प्रचण्ड समूह आफ्नो पक्षमा फैसला आउला भन्दै न्यायालय लाई धम्क्याउने कम गरिरहेको बताए ।
न्यायालयले कसैको धम्की न हेरेर जनताका पक्षमा निर्णय गर्नेमा उनले विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विराटनगरमा आफूले आन्दोलन गर्छु भन्ने विषयलाई विपक्षीले उल्टो ढंगले प्रचार गरेको आरोप लगए ।
उनले भने, “मैले तोडफोड र गोलाबारुदको आन्दोलन गर्ने भनेको होइन । विकासका लागि आन्दोलन गर्ने भनेको हो ।” प्रधानमन्त्री ओलीले अब सुदूरपश्चिमबाट औद्योगिक विकास सुरु भएको भन्दै विकासबाट आफूलाई कसैले रोक्न नसक्ने बताए ।
फरक प्रसंगमा बोल्दै ओलीले बैतडीकि भागरथिको हत्त्यारालाइ पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिए । सो घटना पनि निर्मला पन्तजस्तै राजनीतिकरण गर्न खोजिए पनि प्रहरीले समयमै ध्यान दिएकोले सफलता पाएको उनले बतए । अब निर्मलाका हत्यारलाई पनि चाँडै पक्राउ गर्न उनले निर्देशन दिए ।